|

महिला विश्वकपमा  चिली र स्विडेन समूह 'एफ' को पहिलो खेलमा भिड्दै छन्। महिला विश्वकपको सबै संस्करणमा सहभागी स्विडेन नवप्रवेशी टोलीविरुद्ध जित निकाल्दै सुखद् सुरुवात गर्ने दाउमा रहेको छ।

सन् २००७ यताको आफ्नो पहिलो खेलमा स्विडेन अपराजित रहेको छ। २००७ र २०१५ मा नाइजेरियासँग बराबरी खेलेको टोलीले २०११ मा कोलम्बियालाई हराएको थियो। त्यसअघिका ४ संस्करणको पहिलो खेलमा स्विडेनले पराजय भोगेको थियो। सन् २००३ को उपविजेता टोली १९९१ र २०११ का तेश्रो भएको थियो।

विश्वकपमा यसअघिका सात सहभागीता मध्ये २००७ बाहेकको संस्करणमा स्विडेनले समूह चरण पार गरेको छ। दक्षिण अमेरिकी राष्ट्रसँग विश्वकपमा प्रतिस्पर्धा गरेको ४ मध्ये ३ खेल स्विडेनले आफनो पक्षमा पारेको थियो। 

यता चिल्ली सन् २०१८ को कोपा अमेरिकामा कोलम्बिया र अर्जेन्टिनालाई पछि पार्दै ब्राजिलसँग सोझै विश्वकपमा छनोट भएको थियो। फ्रान्स विश्वकपमा छनोट भएसँगै दक्षिण अमेरिकाबाट सहभागिता जनाउने चिली पाँचौ राष्ट्र बनेको छ।

चिलीले सन् २०१९ मा खेलेको ९ वटै मध्ये कुनै पनि खेल जित्न सकेको छैन। उसले ३ खेल बराबरी खेलेको छ। स्विडेनले २०१९ मा खेलेको ७ मध्ये ३ जित २ हार र २ बराबरीको नतिजा निकालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.