काठमाडौं : साताव्यापी युरोप भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री थेरेशा मेबीच भेटवार्ता भएको छ। उनीहरूका बीचमा द्विपक्षीय हितका विषयमा १० डाउनिङ स्ट्रिटमा केही बेर वार्ता भएको थियो।
उक्त अवसरमा नेपाल-वेलायत विकास साझेदारी, पर्यटन प्रवर्द्धन र ब्रिटिश गोर्खासम्बन्धी विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए। अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुगेका प्रधानमन्त्री ओली अहिले वेलायतमा उच्चस्तरीय भेटघाटमा व्यस्त छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।