|

काभ्रे : कर्मचारी अभावका कारण देखाउँदै जिल्ला मालपोत कार्यालय काभ्रेमा सुरक्षागार्डले लालपुर्जा बनाउने गरेका छन्। कार्यालय सहयागीले भने मोठ स्रेस्ता भिडाउँछन्। 

कान्तिपुर दैनिकमा समाचार छ, सेवाग्राहीबाट ‘खाजा खर्च’ पाउने नभएकाले उनीहरुबीच कामका लागि तँछाडमछाड हुने गरेको छ।

प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइरालालाले ‘सिद्धान्त र विधि’ले गार्ड र कार्यालय सहयोगीबाट काम गराउन नमिल्ने भए पनि कर्मचारी अभावका कारण बाध्य भएको बताए।

४५ जनाको दरबन्दी भएको मालपोत कार्यालयमा २९ जना मात्रै कार्यरत छन्। तल्लो तहका कर्मचारीले सेवाग्राहीले सेवाग्राहीलाई सहयोग गर्ने नाममा उनीहरूबाट ‘लाभ’ लिने गरेका छन्। लेखापढी व्यवसायीको पहुँच प्रत्येक कागजपत्र र फाँटमा हुने गरेको छ। कर्मचारीसँग सभेत आर्थिक लेनदेन हुने भएकाले लेखनदासले लगेका फाइललाई कर्मचारीले प्राथमिकता दिने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.