महिला विश्वकप फुटबल

|

एजेन्सी : फ्रान्समा जारी महिला विश्वकपमा बलिया र कमजोर दुई टिमको भिडन्तमा अहिलेसम्मकै सबैभन्दा फराकिलो नतिजा निस्किएको छ । अमेरिकाले महिला विश्वकप फुटबलको इतिहासमै सबै फन्दा धेरै गोलसहितको जित निकालेको छ ।

गएराति भएको भिडन्तमा सन् २०१५ को विश्वविजेता अमेरिकाले एसियाली मुलुक थाइल्याण्डविरूद्ध १३-० को अत्यन्तै फराकिलो जित निकालेको हो।

यो जितका क्रममा अमेरिकाले पहिलो हाफमा ३ दोस्रो हाफमा १० गोल गर्यो। अमेरिकाको लागि एलेक्स मोर्गन एक्लैले ५ गोल गरिन्। उनले खेलका क्रममा पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरिन्। मोर्गनले १२, ५३, ७४, ८१ र ८७ औँ मिनेटमा जाली चुमाएकी थिइन् । 

 अमेरिकालाई जिताउने क्रममा सामन्था मेभिस र रोज लावेलीको नाममा २/२ गोल रह्यो। रोजले २० र ५६ औँ गोल गरिन्। सामन्थाले ५० र ५४ औँ मिनेटमा गोल गरेको थिइन्।

अमेरिकाका लागि फराकिलो जितको कीर्तिमान राख्ने क्रममा लिन्डसी होरनले ३२, मेगन रापिनोइले ७९, मालोरी पुग्घले ८४ र कार्ली लोयडले अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गरे।

थाइल्यान्डविरूद्ध फराकिलो जित निकालेको अमेरिकाले सन् १९९१ को विश्ववकपमा चाइनिज ताइपेइविरूद्ध ७-० को जित निकालेको थियो। सन् २००७ को विश्वकपमा जर्मनीले अर्जेन्टिनाविरूद्ध ७-० कै नतिजा दर्ता गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.