|

खोटाङ : चट्याङबाट सुरक्षित रहनका लागि केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा चट्याङप्रतिरोधी उपकरण जडान गरिएको छ। गाउँपालिकाको दुई लाख र स्वीस सरकारद्वारा सञ्चालित सवल परियोजनाको दुई लाख ५३ हजार ५०० को सहयोगमा उपकरण खरिद गरेर जडान गरिएको हो।
 

गाउँपालिकामा जडान गरिएको चट्याङप्रतिरोधी उपकरणले ८०० मिटर टाढा खसेको चट्याङलाई आफूतर्फ तानेर जमीनभित्र निस्क्रिय (डिस्पोज) गर्ने गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए। ‘चट्याङले यो क्षेत्रमा बर्सेनि मानिस तथा पशुचौपायामा ठूलो क्षति गर्दै आएको छ’, उनले भन।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिका चट्याङको अति प्रभावित क्षेत्र भएकाले अन्य स्थानमा पनि क्रमशः थप उपकरण जडान गर्ने योजना रहेको जनाइएको छ। यसअघि चट्याङ लागेर बाक्सिलाबजारमा सञ्चालन भएको नवौँ संस्करणको ‘बाक्सिला गोल्डकप’ फुटबल प्रतियोगिता हेरिरहेका एक दर्शकको घटनास्थलमै मृत्यु भएको थियो।
 
भौगालिकरूपमा दुर्गम क्षेत्र मानिने पूर्वीपहाडी जिल्ला खोटाङ चट्याङको अतिप्रभावित जिल्लामा पर्छ। चट्याङले जिल्लामा सञ्चालित दुई रेडियो (रुपाकोट सामुदायिक रेडियो र हलेसी सामुदायिक रेडियो) मा बर्सेनि लाखौँको क्षति पुर्‍याउने गरेको रेडियो सञ्चालकले बतााए।

चट्याङकै कारण उपकरणमा क्षति पुगेपछि अहिले रूपाकोट सामुदायिक रेडियो बन्द रहेको छ। ऋण काढेर जडान गरिएको उपकरणमा चट्याङले बर्सेनि क्षति पुर्‍याएपछि रेडियो सञ्चालक हैरानीमा पर्दै आएका छन्। चट्याङले निरन्तर क्षति पुर्‍यापछि यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेका स्थानीयवासीले भने आफ्नै लगानीमा उपकरण खरिद गरेर प्रत्येक घरमा अर्थिङ गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.