गुठीसम्बन्धी विधेयक फिर्ता गर्न आग्रह

|

काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले ल्याएको गुठीसम्बन्धी विधेयक फिर्ता गर्नुपर्ने बताएका छन्।

संघीय संसदको बुधबार बसेको बैठकमा बोल्दै कांग्रेस नेतासमेत रहेका सिंहले सदियौँदेखिका गुठी हडप्‍ने नियतका साथ सरकारले गुठीसम्बन्धी विधेयक ल्याएको आरोप लगाए।

'वर्षौंदेखिको निजी गुठीलाई जफत गर्नका लागि यो विधेयक ल्याइएको छ', उनले भने, 'सरोकारवालासँग परामर्श गरेर ल्याउने प्रचलन सरकारले मानेन। गुठियारले पुस्तौदेखि सञ्चालन गर्दै आएको गुठीलाई सरकारी प्राधिकरणमार्फत् नियन्त्रण गर्न खोजेको छ। संविधानले दिएको निजी सम्पत्ति राख्‍ने अधिकार दिएको छ। यो विधेयकले यसलाई मिचेको छ।'
 
समाज धर्म र संस्कृतिलाई मास्‍न यो विधेयक ल्याइएको उनले आरोप लगाए। 'निजी सम्पत्तिमाथि हस्तक्षेप गर्ने संकेत यो विधेयक ल्याएर गरेको छ', उनले भने, 'सरकारी संयन्त्रको नियन्त्रणमा राख्न खोजिएको छ।' 

धर्म संस्कृति संरक्षण गरेर नयाँ पिँढीलाई दिनुपर्ने उनले बताए। 'गुठीसम्बन्धि विधेयक संविधानसभाको मूल मर्ममाथि प्रहार गर्ने गरी ल्याइएको छ', उनले भने, 'यसलाई फिर्ता लिएर सरोकारवालासँग परामर्श गरी सरकार अघि बढ्नुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.