समाज

डोल्पामा टेलिफोन सेवा अवरुद्ध
SHARES

प्रतीकात्मक तस्बिर
जेठ २९, २०७६

    डोल्पा : मंगलबार रातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा अझै सञ्चालन हुन सकेको छैन। त्रिपुरासुन्दरी नगरपालिका–२ लइटीडाँडामा रहेको रिपिटर टावरमा खरावी आएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो।

    यस टावरबाट डोल्पाका विभिन्न ठाउँमा रहेका टावरमा रिले गरिँदै आएको टेलिकम कार्यालयले जनाएको थियो। सेवा अवरुद्ध भएपछि सदरमुकाम दुनै र अन्य ठाउँमा टेलिफोन सेवा विच्छेद भएको छ। 

    सदरमुकाम दुनैबाट बिहानै प्राविधिकको टोली लइटेडाडाँतर्फ गएको नेपाल टेलिकम कार्यालय, डोल्पाले बताएको छ। सदरमुकामबाट टावर भएको स्थानमा पुग्न पाँच घण्टा लाग्ने बताइएको छ। 

    एक महिनाभित्र डोल्पामा टेलिकमको उक्त टावरमा यो सहित दुई पटक समस्या आएको हो। फोन सेवा अवरुद्ध भएपछि यहाँका सबै ठाउँमा सम्पर्क गर्न समसय भएको प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]