|

कुनमिङ (चीन) : चीनमा साउथ एण्ड साउथ एसियन ट्रेड एक्स्पो आज (बुधबार) देखि सुरु भएको छ। चीनको कुनमिङ् प्रान्तमा सुरु भएको एक्स्पोमा  दक्षिण एसियाका साथै हङकङ, म्यानमार, सिंगापुर, मलेसिया तथा चीन लगायतका देशले आफ्नो उत्पादन पदर्शन गरेका छन्। 

मेलामा नेपालका १२१ स्टल रहेका छन्। जसमा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट ६९ र नेपाल चाइना काउन्सिलबाट ५२ स्टल राखिएको छ।

नेपाली हस्तकलाका सामाग्री पस्मिना, मूर्ति र ह्यान्डीक्राफ्टका सामानहरु आकर्षकको रुपमा रहेका छन्। मेलामा भाग लिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव नेपालबाट चीन आए पनि कार्यक्रममा सहभागी भएनन्।

कार्यक्रममा चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल लगायतको उपस्थिती थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.