|

काठमाडौं : एकजना निर्देशकको मानहानी हुने गरी चलचित्रको समिक्षा गरेको आरोपमा पक्राउ मिम नेपाल युट्युब च्यानलका प्रस्तोता प्रनेश गौतमको पक्षमा बुधबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

गौतमलाई पक्राउ गरेर प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही अघि बढाइएपछि उनका समर्थकले माइतीघरमा कालो टेपले मुख थुनेर प्रदर्शन गरेका हुन्।

चलचित्रको समिक्षा गर्दैमा पक्राउ गरेर मुद्दा चलाएपछि सामाजिक सञ्जालमा प्रहरीको आलोचना भइरहेको छ। माइतीघरमा जम्मा भएकाले प्रनेसलाई रिहा गर्न माग गर्दै नेपाली चलचित्र क्षेत्रको दादागिरी पनि बन्द गर्न भनेका छन्।

 भिडियोमा ठट्यौलो शैलीमा प्रस्तुत भएका गौतमलाई 'वीरविक्रम २' का निर्देशक मिलन चाम्सको उजुरीका आधारमा जेठ २४ गते प्रहरीले काठमाडौँको टेकुबाट नियन्त्रणमा लिएको थियो।  उनीसँगै पक्राउ परेका गौतमका सहकर्मी आदर्श मिश्रलाई धरौटीमा छाडिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.