|

भारतको पश्चिम बंगाल राज्यमा हिंसा फैलिएको छ। निर्वाचन यता लगातार हिंसाको घटना बढिरहेको छ। पछिल्ला पाँच दिनयता हिंसाका घटनामा परी १० जनाको मृत्यु भइसकेको छ। कयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

मख्यमन्त्री ममता बनर्जीले आधिकारिक रूपमा अहिलेसम्म हिंसाका कारण १० जनाको मृत्यु भइसकेको बताएकी छिन् । त्यसैगरी भाजपाका नेताहरूले हिंसाको सहारा लिएर विधानसभा चुनाव जित्न नसकेपछि तृणमूल कांग्रेसले अहिले पनि हिंसा फैलाइरहेको आरोप लगाएका छन्। वेस्ट बंगालमा तृणमूल कांग्रेसले २२ सीटमा मात्रै जितेको थियो भने भाजपाले आफ्नो सीट संख्या बढाएर १८ पुर्‍याएको थियो।

हिंसामा परी मृत्यु भएका र घाइते हुनेमा राजनीतिक दलका कार्यकर्ताहरू रहेका छन्। यही विषयलाई लिइर आरोपप्रत्यारोप पनि बढ्दै गएको छ। राज्यमा भइरहेको हिंसाका लागि तृणमूल कांग्रेसले भारतीय जनता पार्टीलाई जिम्बेवार रहेको ठहर गरेको छ।

पार्टीका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता बनर्जीले चुनावी फाइदाका लागि भाजपाले पश्चिम बंगालको माहोल बिगारी रहेको आरोप लगाएकी छिन्। तृणमूल कांग्रेस र भाजपाले हिंसामा परी मृत्यु भएकामध्ये बढी जसो कार्यकर्ताहरु आफ्नो दलसँग आवद्ध रहेको दाबी गरिरहेका छन्। - बिबीसी

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.