नवलपरासी : जिल्लाको प्रतापपुर गाउँपालिका-५ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बेतहानी बस्ने ६५ वर्षीय झिन्कु लोनिया रहेका छन्। बुधबार दिउँसो एक बजेर ४५ मिनेटको समयमा हावाहुरीसहित पानी परेको समयमा बैदौली पुलमा संचालित महायज्ञ हेरेर घर फर्कने क्रममा चट्याङ लागेको हो।
चट्यांग लागेर गम्भीर घाइते भएका लोनियालाई उपचारको लागि शहिद स्मृति सामुदायिक अस्पताल चौपता लगेकोमा अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ। मृतकको शवलाई पोस्टमार्टमकोलागी पृथ्वीचन्द्र अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।