|

विराटनगर : प्रदेश १ प्रदेशसभाको बुधबार बसेको बैठकले जिल्लासभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधन सहित पारित गरेको छ।

यस्तै, प्रदेशसभाले गाउँ तथा नगरसभाका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि संशोधनसहित पारित गरेको छ। प्रदेशसभामा यसअघि प्रस्तुत भएको उक्त विधेयकमाथि सांसद तुलसीप्रसाद न्यौपाने र लछुमन तिवारीले संशोधन प्रस्ताव पेश गरेका थिए।

दुवै प्रस्तावलाई सरकारले ग्रहण गर्ने प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीले बताएसँगै दुवै विधेयक सर्वसम्मतीले पारित भएको हो। उक्त विधेयक पारित भएसँगै जनप्रतिनिधिहरुको सेवा सुविधासम्बन्धी यसअघिको व्यवस्थामा केही परिवर्तन भएको छ।

यस्तै, प्रदेशसभाको बुधबारकै बैठकमा प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई संशोधन गर्न उद्योग, पर्यटन वन तथा वातावरण समितिले तयार पारेको संशोधन प्रस्ताव समितिकी सभापति सीता थेबेले संसदमा प्रस्तुत गर्नुभएको छ। संसदको अर्को बैठक आगामि असार १ गते दिउँसो ३ बजे बस्ने गरी टुंगिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.