|

कश्मीर : भारतको जम्मु-कश्मीरस्थित अनन्तनागमा चरमपन्थीहरुले हमला गरेका छन्। चरमपन्थीहरुले पुलिस र सीआरपीएफको टोलीमाथि हमला गरेका हुन्।

यसक्रममा कम्तीमा पनि तीनजना भारतीय फौजका जवान मारिएका छन्। यो घटनामा एक प्रहरी अधिकृतसहित चारजना गम्भीर घाइते छन्। जवाफी कारबाहीमा एकजना चरमपन्थी मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

पुलिसका अनुसार अनन्तनागस्थित केपी रोडमा दुई चरमपन्थीले सीआरपीएफ-पुलिस टोलीमाथि ग्रिनेड हमला गरेका थिए। त्यसक्रममा भएको भिडन्तमा एक चरमपन्थी र एकजना भारतीय नागरिक मारिएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.