|

कपिलवस्तु : संविधान संशोधन विधेयकको विरोधमा आन्दोलन भइरहेको कपिलवस्तुमा राजनीतिक दलका नेता र कार्यकर्ताले अब रचनात्मक आन्दोलन गर्ने भएका छन्।

संयुक्त संघर्ष समिति कपिलवस्तुले सोमबार दिउँसो सदरमुकाम तौलिहवामा पत्रकार सम्मेलन गरी बन्द हड्तालजस्ता कार्यक्रम नराखी रचनात्मक आन्दोलन गर्ने जानकारी गराएको हो। संघर्ष समितिका संयोजक तथा नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले भने, ‘संघर्ष समितिले जुलुस, अन्र्तक्रियादेखि पाँच नम्बर प्रदेशलाई टुक्र्याउन नदिने सपथ लिनेसम्मका कार्यक्रम गरिनेछ।’ पुस ५ देखि पुस १० गतेसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने समेत उनले बताएका छन्।

सोमबार बिहान १० बजे युवा विद्यार्थीहरुको सिठ्ठी जुलुस प्रदर्शन गर्ने, ६ गते महिलाहरुले थाल ठटाएर बिरोध जनाउने, ७ गते चन्द्रौटामा सबैपक्षको सहभागितामा विरोध जुलुस निकाल्ने, ८ गते मोटरसाइकल र्‍याली निकाल्ने, ९ गते १ घण्टे चक्काजाम गर्ने र १० गते पांच नम्बर प्रदेश टुक्राउन दिदैनौं भनी सपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको संयोजक पोख्रेलले बताए।

संघर्ष समितिका सहसंयोजक दोलकराम घिमिरेले तत्काल बन्द, हडताल लगायतका कार्यक्रम भन्दा सभा, जुलुस, अन्तर्क्रिया लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिए। गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रुकुम, दाङ लगायतका जिल्लामा सत्तारुढ दलका नेता र कार्यकर्ता पनि आन्दोलनमा सहभागी भएपनि कपिलवस्तुमा भने औपचारिक रुपमा सत्तारुढ दलका नेता र कार्यकर्ता सडकमा देखिदैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.