|

बाँके : बुधबार बिहान आएको हावाहुरी र चट्याङले बाँकेका छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्टयाङका कारण आगलागी हुँदा ३९ घरधुरी जलेर नष्ट हुनुका साथै एकजना स्थानीयबासी र एक चौपाया जलेर घाइते भएका छन्।

घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए। चट्टयाङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो। आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ।

यसैगरी सोही समयमा बाँके खजुरा गाउपालिका वडा नं. ६ सिमलघारीमा स्थानीय गोरख विकको घरमा आगलागी हुँदा अन्नपात लत्ताकपडा जलेर नष्ट भएको छ। स्थानीय, प्रहरी र नेपालगञ्ज उप–महानगरको दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.