|

भारतको उत्तरप्रदेश बार काउन्सिलकी अध्यक्ष दरवेश यादवको आफ्नै सहयोगीले गोली हानी हत्या गरेका छन्। आगरा जिल्लाको अदालत परिसरमा आयोजित स्वागत कार्यक्रममा सहभागी हुन पुगेका बेला दरवेशमाथि उनकै सहयोगी वकिल मनिष शर्माले गोली हानेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।

दुई दिन अघिमात्रै दरवेशलाई उत्तरप्रदेश बार काउन्सिलको अध्यक्ष चयन गरिएको थियो। दरवेशको हत्या गर्ने मनीषले आफैँलाई समेत गोली हानेका थिए। उनको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

दुईजनाबीचको सामान्य विवाद बढ्दै गएपछि मनिषले दरवेशमाथि गोली प्रहार गरेको आगरलाका एडीजी अजय आनन्दले बताए। यूपी बार काउन्सिलको इतिहासमा दरवेश पहिलो महिला अध्यक्ष बनेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.