|

कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिका बुधबार आएको हावाहुरीले स्थानीय बासिन्दाका दर्जनौँ घरको छाना उडाएको छ। हावाहुरीका कारण सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर विष्टका अनुसार हावाहुरीले महाकाली नगरपालिमा मात्रै १६१ परिवारको घरको छना उडाएको छ।

यसैगरी, बेलौरीमा दुई र त्रिभुवन वस्तीमा दुई गरी १६५ घरमा हावाहुरीले क्षति पुर्‍याएको छ। बेलडाँडी गाँउपालिकाका दुई, महाकाली नगरपालिकाका पाँच जना गरी सात जना घाइते भएका छन्। घाइते सबै जनाको नजिकका स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

गत बिहीबार राति आएको हावाहुरीबाट २३ जना बढी घाइते भएका थिए। एक हजार पाँच सय बढी घरमा हावाहुरीले क्षति गरेको थियो।

हावाहुरीबाट घरमा क्षति भएकालाई त्रिपाल वितरण

एकद्वार प्रणालीअन्तर्गत नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर र स्थानीय तहको समन्वयमा हावाहुरीबाट पूर्णक्षति भएका ७३ परिवारलाई त्रिपाल वितरण गरिएको छ।

कृष्णपुरका १५, बेदकोटका ५३, भीमदत्त नगरपालिकाका पाँच परिवारलाई त्रिपाल सहित ४१ थन फुल प्याकेजअन्तर्गत भाडाकुडा वितरण गरिएको रेडक्रसले जनाएको छ।

यसैबीच, बुधवार निड्स कञ्चनपुरको सहयोगमा हावाहुरीबाट क्षति पुगेका वनहरा शिविरका १५ परिवारलाई त्रिपाल र म्याट वितरण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.