|

रुकुम : पछिल्लो समय जिल्लाका बलात्कारका घटनाहरु बढ्दै गएको पाइएको छ।

पछिल्लो एक वर्षको अवधिमा जिल्लाभर ९ वटा जबर्जस्ती बलात्कारका घटनाहरु घटेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ। रुकुमले जिल्ला सदरमुकाम खलंगा एक कार्यक्रमको आयोजना गरि इन्सेकले प्रतिवेदन सार्वजनिक गरेको हो।

२०१६ जनवरी देखि डिसेम्बरसम्मका बलात्कारका घटना अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिएको जानकारी कार्यक्रममा दिइयो। वार्षिक घटना सार्वजनिक गर्दै इन्सेक रुकुमका प्रतिनिधि आदर्श केसीले जिल्लामा अघिल्लो वर्षभन्दा यसवर्ष बलात्कार तथा हत्याका घटनाहरु बढेको जानकारी दिए।

उनका अनुसार अघिल्लो वर्ष जिल्लामा  बलात्कार तथा हत्याका १० वटा घटना घटेका थिए। यस वर्ष यो संख्या २५ मा पुगेको छ। जिल्लामा ११ वर्षकी बालिकादेखि ५० वर्षकी वृद्धा समेत बलात्कारको शिकार भएका छन्। त्यस्तै बोक्सीको आरोपमा पीडित बनाइएकी महिलाको विषयमा प्रहरीमा उजुरी परेको छ। 

जिल्लामा मानव अधिकार हननको अवस्था गत बर्षको भन्दा संख्यात्मक रुपले बढेको जानकारी कार्यक्रममा दिइयो।  शान्ति सुरक्षा तथा मानव अधिकारको हनन् र नागरिक अधिकारका घटनाहरुको हनन राज्य तर्फबाट भन्दा गैरराज्यबाट बढेको कार्यक्रममा बताइयो। राजनितिक,आर्थिक तथा सांस्कृतिक अधिकारको घटना जिल्लामा सामान्य रहेको इन्सेकले जानकारी दियो।

बालविवाह र बहुविवाहको समस्या कायमै

जिल्लामा बहुविवाहको समस्या कायमै रहेको इन्सेकको प्रतिवेदनले देखाएको छ। गत वर्ष बहुविवाहका ९ वटा घटना भेटिए। उमेर नपुग्दै बिहे गर्ने महिलाहरु बहुविवाहको शिकार बढी हुने गरेका छन्। बालविवाह गर्ने श्रीमानले उमेर पुगेपछि अर्को विवाह गर्ने गरेको पीडित महिलाहरुको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.