|

सुनसरी :  स्वास्थ्य कार्यालय सुनसरीले धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको छ। धरान क्षेत्रमा विभिन्न अभियान चलाएपनि डेंगु नियन्त्रणमा नआएपछि स्वास्थ्य कार्यालयले बुधबार साँझ धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको हो। 

डेंगु नियन्त्रणको अभियान तीव्ररूपमा चलाए पनि डेंगुका बिरामीको संख्यामा कमी नआएपछि धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईँले बताए। 

प्रसाईँका अनुसार प्रदेश निर्देशनालयमा यसबारेमा जानकारी गराइएका छ।यस्तै सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा, धरान उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई पनि बोधार्थ दिइएको छ।

औपचारिकरुपमा धरानलाई नै डेंगु प्रकोप क्षेत्र घोषणा गरिएपछि अब विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उपचार हुने र सरकारले पनि डेंगु नियन्त्रणको लागि विशेष अधिकार प्रयोग गरेर लार्भा नष्ट गर्न सक्ने प्रसाईँले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.