|

पर्सा : नागरिक र  नेपाली सेनाका बीच आपसी सम्बन्ध अझ प्रगाढ होस् भनि नेपाली सेनाले पर्सामा पहिलो पटक पर्साका नागरिकसँग नागरिक सैनिक सम्वाद गरेको छ।

सेनाको बिषयमा बाहिरी आउने कुरा यथार्थ नभई भ्रमपूर्ण पनि हुन सक्ने निष्कर्षसहित जनता र सेनाका बीचको बास्तविक सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाली सेनाले पर्सामा यस्तो कार्यक्रम गरेको हो। 

कार्यक्रममा नेपाली सेनाका मध्य पूर्वीप्रेतनापति (उपरथी) नरेश चन्द्र भट्टले कुनै पनि देशको सेना डेमोक्रेटिक हुन नसक्ने बताए। ‘अमेरिका जस्तो देशमा पनि बाहिर भनिए जस्तो सेना पूर्ण डेमोक्रेटिक छैन्। सेना समय, परिवेश र समुदाय अनुसार रुपान्तरण मात्र हुन्छ। सेना पूर्णरुपमा न्यूटल संस्था हो। उ राष्ट्रप्रति प्रतिवद्ध र बफादार हुन्छ उनले भने। 

सेना र उसको रोललाई गलत नबुझिदिन उनले पर्साका समाजसेवी र सञ्चारकर्मी तथा नागरिकहरुसँग आग्रह गरे। सेनाका ५⁄६ वटा महत्वपूर्ण रोलहरु मध्ये अन्तिममा अन्य पनि रहे अनुसार राज्यले दिएको जिम्मेवारी मात्र बहन गर्दै सेनाले सडक, घर बनाउने जस्ता भौतिक पूर्वाधारका काम गरेको उनको तर्क छ। सेनाले म यो गर्छु भनेर मागेर केही गरेको छैन्। देशको समृद्धि र उन्नतिका लागि राज्यले दिएको नीतिगत जिम्मेवारीलाई भने सेनाले पूरा गर्न सक्दिन भन्दै उपरथी भट्टले भने। ‘सेना र जनता बीचको ग्याप र ओभरल्यापलाई हटाउन सेनाले नागरिक सैनिक अन्तरकृया कार्यक्रम थालनी गरेको हो।’ विगतमा पनि नेपाली सेना र जनताको भित्री कसिलो सम्बन्धले नै बृटिश सेना परास्त भएको उदाहरण बाराको सिम्रौनगढ र पर्साका पर्सागढी नजिकै रहेको उनको भनाइ छ। 

नेपाली सेनाले परम्परागत ढर्राभन्दा सतहमा झरेर नागरिकसँग अन्तरकृया, सम्वाद गर्दा सधैं अक्षुण रहेको नेपाली सेनाको छबि र निष्ठामा भने कमी आउन नहुने गरी सेनाले अझ जनतासँग कसिलो सम्बन्ध बनाई अगाडी बढ्नु पर्ने सहभागीहरुको सुझाब छ। सेनाको ‘एक्सन रोल बढि र सम्वादको रोल कम हुँदा नै राम्रो हुन्छ कि भन्ने विषयले पनि कार्यक्रममा प्रवेश पाएको छ। सेना जहिले पनि जनताको मनमा बस्नु पर्छ।’ 

नागरिक सैनिक अन्तरक्रिया कार्यक्रमको आयोजन भने नेपाली सेनाको जनसम्पर्क निर्देशनालयकै अगुवाईमा भएको हो । कार्यक्रममा नेपाली सेनाको सकारात्मक कार्य सम्पादन झल्कने दुईवटा लघु कथा पनि प्रस्तुत गरिएको थियो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.