|

आठौ संस्करणको महिला विश्वकपमा जर्मनी र फान्स विजयी बन्दै शीर्ष स्थानमा उक्लिएका छन्।

प्रतियोगिता अन्तर्गत समुह बीको दोश्रो खेलमा सारा डेब्रिचको निर्णायक गोलकोमद्दतले जर्मनीले स्पेनलाई हराएको हो। खेलका ४२ औ मिनेटमा कप्तान एलेक्जेन्ड्रा पोपको हेडरबाट रिवाउन्ड आएको बलमा स्पेनकी डिफेन्डर माटा टोरेजोनलाई बिट गराउँदै जाली चुमाइन्।

जर्मनी विश्वकपको समुह चरणको पछिल्लो १८ खेलमा अपराजित रहेको छ। उस्ले १४ जित र ४ बराबरीको नतिजा निकालेको छ। यता स्पेन पछिल्लो ८ खेलमा दोश्रो पराजय हो। जर्मनले विश्वकपको पछिल्लो ११ खेल मध्य युरोपेली देशसँग १ खेल मात्र पराजय भोगेको छ। ६ जित र ४ बराबरी खेलेको टोलीले सन २०१५ को संस्करणमा इङल्यान्डसंग पराजित भएको थियो।

त्यसैगरी बिहीवार भएको समुह ए मा आफनो दोश्रो खेलमा आयोजक फ्रान्सले नर्वेलाई २–१ पराजित गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.