|
फाइल फोटो

हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–८ थाहा भीरमा बाटो खन्ने क्रममा ढिस्को खस्दा दुईजनाको मृत्यु भएको छ।  मकवानपुरको विकट गाउँपालिकामा बिहीबार दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको पहिरो र ढुंगाले पुर्दा डोजरका हेल्परहरु चितवन शक्तिखोरका सन्दीप श्रेष्ठ र रोशन बुढाथोकीको ज्यान गएको राक्सिराङ गाउँपालिका ६ का वडाध्यक्ष सिंगलाल चेपाङले जानकारी दिएका छन्।

 इलाका प्रहरी कार्यालय मनहरीको प्रहरी इन्चार्ज वीरेन्द्र पनेरुका अनुसार घटनाको थप विवरण आउन सकेको छैन। प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । चितवनका भण्डाराको बाटो हुँदै घटनास्थल पुग्न प्रहरीलाई ३ घण्टा लाग्ने पनेरुले बताएका छन्। पहिरोले पुरिएका श्रेष्ठ र बुढाथोकीको शव निकाल्न सकिएको छैन।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लगानीमा थाहाढुंगामा ग्रामीण सडक निर्माणको काम भइरहेको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.