|

बैतडी : मोटरसाइकल दुर्घटनामा परी बैतडीको पुर्चौंडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्ट गम्भीर घाइते भएका छन्। वडा नं ४ का वडा अध्यक्षसमेत रहेका भट्ट बुधबार बेलुका पुर्चौंडी नगरपालिकाबाट घर जाने बेला उनी मोटरसाइकल दुर्घटनामा परेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

पुर्चौंडी नगरपालिका वडा नं ५ को बा.२ ब.२५२ नम्बर सरकारी मोटरसाइकल पुर्चौडीको चट्टेबगरमा  दुर्घटनामा परेको हो।  उनको टाउकोमा गम्भीर चोट रहेको बताइएको छ। घाइते भट्टको कोहलपुरमा उपचार भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.