|

कालिकोट : जिल्लाको रास्कोट नगरपालिकाले श्रम रोजगार बैंक स्थापना गरेपछि रोजगारीका लागि भारत जाने स्थानीय गाउँमा नै रोजगारी पाउन थालेका छन्। नगरपालिकाले बेरोजगारलाई गाउँमा नै रोजगारी दिने उद्देश्यले श्रम रोजगार बैंक स्थापना गरेपछि रोजगारीका लागि भारत जानेहरू गाउँमा रोजगार बन्न थालेका हुन्।

नगरपालिकाले गाउँमा नै श्रम रोजगार बैंक स्थापना गरेपछि भारतमा रोजगारी गर्ने दिनको अन्त्य भएको रास्कोट नगरपालिका २ का चन्द्र सिम्खडाले बताए। ‘म १२ वर्षको उमेरदेखि भारतको नैनीतालमा मजदुरी गर्दै आएको थिए।’ उनले भने,‘भारतमा गएर काम गर्दा धेरै दुख हुन्थ्यो। भारतमा जति काम गरे पनि घरमा आउम्दा बाटोमै पैसा बरावर हुन्थ्यो। घरमा पुग्दा परिवारको लागि लुगा फाटो पुग्थ्यो।’

रोजगारीका लागि मलेसिया पुगेर ५ वर्षका काम गरेका रास्कोट नगरपालिका १ का हिक्मत न्यौपानेले गाउँमा नै रोजगारी पाएकाले अब कुनै पनि दिनमा मलेसिया नजाने बताए। ‘पाँच वर्ष  खाडी मुलुक मलेसिया बसेँ। मलेसिया बस्दा न त पैसा कमाउन सकेँ नत सुख पाए’ उनले भने,‘अहिले नगरपालिकाले रोजगार बैंकमार्फत काम गर्न थालेपछि विदेशको दुःख स्वदेशमा घरनजिकै काम पाउदा सारै सुखी लागेको छ।’

नगरपालिकाले नै रोजगार बैंकको स्थापना गरेपछि अहिले रोजगारीका लागि भारत जानेहरू गाउँमा नै रोजगारी पाउन थालेका छन्। गाउँमा नै रोजगारी पाउन थालेपछि स्थानीय बेरोजगार खुसी हुन थालेका नगरपालिका निमिक्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंंह बमले बताए। ‘अहिले राजगारीका लागि भारत जानुपर्ने बाध्यता हटेको छ’ उनले भने,‘घरनजिकै रोजगार दिएको छ। गाउँमा नै काम गरेर स्थानीयहरु रोजगार हुन थालेका छन्।’

नगरपालिकाले बेरोजगारी युवालाई रोजगार बनाउने उद्देश्यले स्थापना गरिएको  श्रम रोजगार बैंकमार्फत २६० जनालाई गाउँमा नै रोजागरी दिन थालेपछि कामका प्रभावकारिता बढ्दै गएको नगर प्रमुख काशीचन्द्र बरालले बताए। ‘श्रम बैंक स्थापना गरेपछि बेरोजगारले रोजगारी पाउँदै आएका छन्’ उनले भने,‘अझैँ यो कार्यक्रम प्रभावकारी हुँदै गएमा थप रोजगारी बनाउनका लागि नयाँ कार्यक्रम ल्याउने योजना रहेको छ।’

श्रम रोजगार बैंकमार्फत गाउँको विकासका लागि ग्रामीण सडक, धारा, पुल पुलेसा, पोखरी निर्माण गरेर विकाससँगै रोजगार हुन थालेको श्रम रोजगार बैंकका अध्यक्ष पदमबहादुर खड्काले बताए। ‘हामीले श्रम रोजगार बैंक स्थापना गर्दा धेरैले हासोको रुपमा लिए’ उनले भने,‘अहिले गाउँमा नै रोजगारी हुँदा धेरै खुसी भएका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.