हेटौंडा : मकवानपुरको थाहानगरमा प्रथम थाहा साहित्यिक महोत्सव हुने भएको छ। थाहा नगरपालिकाको आयोजना तथा पालुङ साहित्य परिषद्को संयोजनमा थाहा आन्दोलनका अभियन्ता स्वर्गिय रूपचन्द्र विष्टको २० औं स्मृति दिवसको अवसरमा साहित्यिक महोत्सव गर्न लागेको पालुङ सहित्य परिषद्का अध्यक्ष बिर्खे अञ्जानले बताए।
विकास निर्माण, शिक्षा, स्वास्थ र जनमुखी अभियान बोकेर थाहा दर्शनको प्रतिवादन गर्ने राजनीतिज्ञ स्वर्गिय विष्टको असार ७ गते स्मृति दिवसकै सन्दर्भमा परिषद्ले कार्यक्रम गर्न लागेको हो। महोत्सवमा बिष्टको व्यक्तित्व, कृतित्व र योगदानको चर्चा गरिनुको साथै मुलुकभरका प्रतिनिधि स्रष्टाहरूको मौलिक सिर्जना वाचन, जनवादी गीत संगीतको प्रस्तुत गरिने कार्यक्रम संयोजक तथा थाहा नगरपालिकाका मेयर लवशेर विष्टले जानकारी दिए।
पुस्तक प्रकाशन, काव्य गोष्ठी र तथा थाहा नगर क्षेत्रका स्रष्टाहरूको सामुहिक सिर्जना संकलन गरेर नयाँ पुस्ताको लेखकहरूलाई प्रोत्साहन गर्दै आएको यस संस्थाले यस पटक थाहा साहित्य महोत्सव गर्न लागेको कुरा अध्यक्ष बिर्खे अन्जानले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।