|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नियतमाथि नै शंका गरेको छ। सरकारले ल्याएका विधेयकहरू एकपछि अर्को विवादित हुने क्रम बढेपछि कांग्रेसले सरकारको नियतमाथि शंका गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा बिहीबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नेपालीका परम्परा, संस्कृति, अध्यात्मकताका संवेशनशीलतालाई ख्याल नगरी अघिबढ्न खोजेकाले पनि गम्भीरता निम्ताएको बताए। सरकारले ल्याएका विधेयकमा पनि यस्तै प्रवृत्ति देखिएको उनले बताए।

शर्मा भने, ‘एउटा विषय भएको भए घटना हुन्छ। त्यही खालको विषय दोहोरिँदै गयो भने प्रवृत्ति हुन्छ।’ सरकारले ल्याएका मिडिया काउन्सिल, गुठी, मानव अधिकार, राष्ट्रिय सुरक्षा सम्बन्धीलयायतका विधेयकमा यस्तै प्रवृति देखियो उनले बताए। 'विधेयक ल्याउँदा पनि सरोकारवालासँग छलफल नगर्नु नै यसको पुष्ट्याइँ हो' उनको भनाइ छ।

समृद्धिको बाटोमा अघि बढेको सरकारले यी विषयलाई प्राथमिकता दिनुपर्ने थियो कि थिएन उनको प्रश्न थियो। यस्ता प्रवृत्ति दोहोरिन नदिन सरकार सचेत हुनुपर्ने भन्दै  प्रवक्ता शर्माले गुठी, मिडिया काउन्सिललगायतका विधेयकलाई सच्चाउनु पर्ने बताए।

लोकसेवा आयोगको विज्ञापनका विषयमा पत्रकारले सोधेको प्रश्नमा शर्माले संविधानले प्रत्याभूत गरेको समावेशिताको सिद्धान्तका आधारमा विज्ञापनलाई अगाडी बढानु पर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.