|

इलाम : महिला विश्वकपको समूह 'सी' को आफनो दोश्रो खेलमा अष्ट्रेलियाले ब्राजिलको सामना गर्दैछ। पुरुष फुटबलमा सनसनी मचाएको ब्राजिलले महिला फुटबलमा २००७ को संस्करणबाहेक फाइनलमा स्थान बनाउन सकेको छैन।

ला मोसोनमा नेपाली समय अनुसार ९:४५ बजे सुरु हुने खेलमा दुवै टिमलाई जित अनिवार्य देखिन्छ। भेट्रान स्ट्राइकर क्रिस्टियनको ह्रयाट्रिको मद्दतले जमैकामाथी ३–० गोल अन्तरको जित निकाल्दै समूहको शीर्ष स्थानमा रहेको ब्राजिल दोश्रो खेलमा जित निकाल्दै नकआउट चरण प्रवेश सहज बनाउने लक्ष्यमा हुनेछ।

यता इटालीसँग १–० गोल अन्तरको हार व्यहोरेको अष्ट्रेलिया ३ अंक बटुल्दै तेश्रो पटक नकआउट प्रवेशको संभावनालाई कायम राख्न चाहन्छ। यसअघि विश्वकपको तिन भेटमा ब्राजिलले २ खेलमा जित हासिल गर्दा १ खेल पराजित भएको थियो । सन २०१५ को संस्करणमा काइ सिमोनको गोलको मद्दतले अष्ट्रेलिया १–० बिजयी भएको थियो। जितसँगै अष्ट्रेलिया तेश्रो पटक अन्तिम ८ मा प्रवेश गरेको थियो।

सन २००७ को संस्करणको क्वाटरफाइनलमा ३–२ गोल अन्तरले बिजयी बन्दै ब्राजिल सेमीफाइनल पुगेको थियो। सन् २०११ मा समुह चरणमा अष्ट्रेलिया १–० ले पराजित बनेको थियो।  ब्राजिलले विगत २० बर्षदेखी समुह चरणको कुनै पनि खेलमा पराजय भोगेको छैन।

सन १९९९ र २००३ को विश्वकपमा समूह चरणमा १/१ खेल बराबरी खेलेको ब्राजिलले त्यसयताको विश्वकपको समुह चरणमा १० वटै खेल क्लिनसिटसहित (गोल नव्यहोरी) जितेको छ।

सन् १९९५ यताको सवै संस्करणमा ब्राजिल समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। ब्राजिली क्रिस्टियन महिला विश्वकपमा सबैभन्दा बढी उमेरमा ह्रयाट्रिक गर्ने खेलाडी हुन्। जारी संस्करणको पहिलो खेलमा जमैकाविरुद्ध ३४ वर्ष २५ दिनका दिन उनले ह्रयाट्रिक गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.