|

काठमाडौं : चलचित्र समीक्षक समाज नेपालले युट्युबर प्रनेस गौतमलाई तत्काल रिहा गर्न माग गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै विद्युतीय कारोबार ऐन लगाएर थुनिएका गौतमलाई तुरुन्त रिहा गर्न माग गरेको हो।

'समाजले विद्युतीय कारोबार ऐनको अपव्याख्या गरिएको र दुरुपयोग भएको यस कानुनका ज्ञाताहरूले बताइरहेको सन्दर्भमा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित हुनेगरी यसको प्रयोग नगर्न हामी राज्यका निकायहरूलाई आग्रह गर्दछौँ' समाजका अध्यक्ष यज्ञस तथा महासचिव सामिप्यराज तिमिल्सिनाले हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

अभिव्यक्ति स्वतन्त्रता र आलोचनात्मक चेतले नै कुनै समाजलाई जीवन्त र स्वतन्त्र बनाउने उल्लेख गर्दै कुनै पनि बहानामा यसमाथि प्रहार र दमित बनाउन प्रयास अस्वीकार हुने जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाली चलचित्र वीरविक्रम-२ को समीक्षाको क्रममा मिम नेपालले निर्माण गरेको भिडियोलाई लिएर विवाद उत्पन्न भएको हो। सोही विषयमा समीक्षक गौतमलाई चलचित्र निर्माण पक्षको उजुरीका आधारमा प्रहरीले पक्राउ गरी थुनामा राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.