|

सप्तरी : निर्माणधीन झोलुङ्गे पुलको पेश्की रकम फर्छ्याैटका लागि भन्दै सेवाग्राहीबाट लिएको घुस रकमसहित सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर पक्राउ परेका छन्। 

सुनसरीको इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयबाट प्रहरी नायव उपरीक्षक श्याम सारुको नेतृत्वमा आएको टोलीले आएको टोलीले इञ्जिनियर विकास श्रेष्ठलाई बिहीबार राजविराज नगरपालिका ६ स्थित डेराबाट पक्राउ गरेको हो। सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुस रकमसहित इञ्जिनियर श्रेष्ठलाई पक्राउ गरिएको हो। 

राजविराज नगरपालिका ६ मा रहेको इञ्जिनियर श्रेष्ठकाे डेरा छापा मारी खानतलासी गर्ने क्रममा घुस वापत् लिएको एक लाख रुपैयाँ फेला परेको जनाइएको छ। सप्तरीको दक्षिणवर्ती बोदे बसाइन नगरपालिकास्थित ९ देउरी र डाकनेश्वरी नगरपालिका ३ तरही जोड्ने स्थानीय सुवर्ण खोलामा निर्माणाधीन झोलुङ्गे पुलको पेश्की फर्छ्याैटका लागि प्राविधिक मूल्यांकनमा इञ्जिनियर श्रेष्ठले उक्त रकम लिएको जनाइएको छ।

सुवर्ण खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका उक पदाधिकारीले बिहीबार बिहान एक लाख रुपैयाँ इञ्जिनियर श्रेष्ठको डेरामा पुर्‍याएको बताइएको छ। उपभोक्ता समितिले निर्माणाधीन पुलको पहिलो किस्तावापत् आठ लाख रुपैयाँ पेश्कीवापत्को रकम प्राविधिक मूल्यांकन नहुँदो दोस्रो किस्ताको पेश्की रकम रोकिएको लिएको बराबरको काम सम्पन्न नभएको भन्दै मूल्यांकन हुन नसक्दा उपभोक्ता समितिले दावी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.