|

विराटनगर : भारतीय सुरक्षा बल (एसएसबी) ले चालक र भन्सार एजेन्टलाई कुटपिट गरेको भन्दै एजेन्टहरू विरोधमा उत्रिएपछि बिहीबार दिनभर जोगबनी नाका ठप्प बनेको छ।

बुधबार राति एसएसबीले नेपालबाट गएको खाली गाडीका चालकमाथि हातपात गरेपछि छुट्याउन गएका जोगवनी भन्सारका एजेन्ट कैलु यादवमाथि पनि हातपात गरेको भन्दै दिनभर एजेन्टहरू आन्दोलनमा उत्रिएका थिए। एजेन्टहरूको आन्दोलनको कारण दिनभर भन्सारको काम प्रभावित भएको छ।

भारतीय एजेन्टहरूले मालवस्तु जाँचपास नगरेपछि आयात र निर्यात पूर्ण रुपमा प्रभावित बनेमा साँझ ६ बजेपछि मात्र आयात निर्यात सुचारु भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेले जानकारी दिए। एजेन्टको आन्दोलनको कारण भारत तथा तेस्रो मुलुकबाट माल सामान बोकेर आएका सयौं मालबहाक सवारी साधन भारतीय भूमिमै रोकिएका थिए।

दैनिक ३०० बढी मालबाहक सवारी साधन नेपाल भित्रने गरेकोलेमा आन्दोलनको कारण दैनिक १२ देखि १५ करोड रुपैयाँ राजश्व असुली पनि प्रभावित भएको थियो।
भारतीय सुरक्षा बल (एसएसबी) ले अत्याधिक जाम भएर सवारी साधन आवतजावतमा समस्या भएको भन्दै नेपालबाट भारततर्फ जाने खाली गाडीलाई जोगवनी प्रवेशमा रोक लगाएको छ।

जामका कारण जोगवनीबाट २० किलोमिटरको दूरीमा रहेको फारविसगन्ज पुग्न ६ घण्टा लाग्ने गरेको भन्दै एसएसबीले खाली गाडीलाई रोक लगाएको हो। बुधबार राति खाली गाडीकै चालक कुटिएका थिए। जामले समस्या भएको भन्दै भारतको अररिया जिल्लाका डीएम (डिस्ट्रिक मजिस्ट्रेट) वैद्यनाथ यादवले जोगवनी नाकाबाट खाली मालबहाक सवारी साधन नपठाउन मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई आग्रह गरेको बुझिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी केसीले नेपालबाट खाली गाडीलाई विराटनगर १८ को बुधनगरमा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी (आइसीपी) को बाटो हुँदै फर्काउने विषयमा भारतीय पक्षसँग कुरा भएको र बेलुका ७ देखि बिहान ७ बजेसम्म १२ घण्टा खाली गाडीले भारत प्रवेश गर्दा सो बाटो प्रयोग गर्न पाउने व्यवहारिक सहमति भएको जानकारी दिए।

यस अघि पनि आइसीपी हुँदै खाली गाडी भारत जाने गरेको थियो। तर, भारतीय पक्षले पार्किङ शुल्क लाग्ने बताएपछि बन्द गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.