|

काठमाडौं :  लोकदोहोरी क्षेत्रका सफल सर्जक वसन्त थापाको नयाँ गीत 'उडायो पात हुरीले' सार्वजनिक भएको छ। बसन्त थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा वसन्त थापा र मेलिना राइको स्वर रहेकाे छ।

 नवराज पन्तको शब्द रहेको गीतमा थापाकै संगीत रहेको छ। गीतको एरेन्ज आशीष अविरलले गरेका छन्। गीतमा सुनिल क्षेत्रीको र एलिसा शर्माको अभिनय देख्न सकिन्छ भने निर्देशन तथा कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्। गीतलाई  ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने विकास ज्ञवालीको सम्पादन गरेका छन्।

यसअघि थापाले संगीत भरेको र अभिनय गरेको 'उही खोलीमा माछी', 'जाम सुस्तै', ‘सालको पात टपरी हुने’ लोभी आखाँ लगायतका गीतहरू दर्शकको अत्याधिक रोजाइमा परेका थिए।
 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.