|

काठमाडौं : पशुबलिको विरोधमा काठमाडौंमा अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन्।

पशु कल्याण संघ नेपालको अगुवाइमा शुक्रबार प्रदर्शन भएको हो। प्रदर्शनमा धर्मका नाममा हुने पशुबलि अन्त्य गर्न माग गरिएको थियो। पशुबली अन्त्य गर्न माग गर्दै प्लेकार्ड र नारा लगाइएका थिए। 

पशुहरूप्रति भइरहेको अमानवीय व्यवहार तथा बलि जस्तो अन्धविश्वासलाई जरैबाट निर्मूल गर्ने उद्देश्‍यले विभिन्न धर्म संस्कृति र परम्परा तथा विभिन्न पेसामा संलग्‍न संघ संस्थाको सहभागितामा पशुबलि बन्द गर्नका लागि शान्तिपूर्ण र्‍यालीको आयोजना गर्नुपरेको पशु कल्याण संघले जनाएको छ।

बारा जिल्लाको गढीमाई मन्दिरमा ५/५ वर्षमा हुने मेलामा लाखौँ पशुपंक्षीहरूको बलि हुनु दुःखद भएको पनि संघले निकालेको विज्ञप्तिमा उल्लेख छ।

तस्बिमा हेर्नुस् प्रदर्शन:

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.