|

दमक : दुई दशकअघिबाट निर्माण सुरु गरिएको झापाको दमक नगरभित्रको चक्रपथ निर्माणको काम पुनः सञ्चालनमा आएको छ।

दमक नगर क्षेत्रको चौतर्फी विकासका लागि थप सम्भावना बोकेको चक्रपथ निर्माणको काम सम्भाव्यता अध्ययन गरेको १८ वर्षपछि पुनः सुरु भएको हो।

आर्थिक वर्ष २०५४\०५५ मा दमक नगरपालिकाले चक्रपथ सडकको सम्भाव्यता अध्ययन गरी सडकको रेखाङ्गकन गर्ने काम सुरु गरेको थियो। त्यसपछि केही वर्ष स्थानीय स्तरका बजेट मार्फत चक्रपथको प्रारम्भिक काम गरियो। तर, पर्याप्त बजेट नआएपछि निर्माणाधीन चक्रपथको काम वर्षौसम्म अवरुद्ध भयो।

यसपटक निर्वाचन क्षेत्र कार्यक्रम अन्तर्गतको  दुई करोड ९६ लाख रुपैयाँ र अरु सम्भावित रणनीतिक सडक शीर्षकको बजेटबाट सडक निर्माण सुरु गरिएको छ।

सडक डिभिजन कार्यालय दमकका डिभिजन प्रमुख राजेशकुमार यादवका अनुसार निर्माणाधिन उक्त सडक निर्माणका लागि अहिले ६ करोड ६१ लाख ७४ हजार ५९० मा सम्झौता भैसकेको छ।

झापा क्षेत्र नम्बर ७ का सांसद केपी ओलीका प्रतिनिधि होमबहादुर थापाले अहिले प्रारम्भिक काम गर्नका लागि मृत संजिवनी कम्पनी संजीवनी कम्पनी काठमाडौंसम्म सम्झौता गरिएको जानकारी दिए। 'यो सम्झौताअनुसार नाला राख्ने, ग्राभेल राख्ने,केही स्थानमा कालोपत्रे गर्ने लगायतका प्रारम्भिक काम हुनेछ। बहुवर्षिय योजना भएकाले यति काम सकेपछि थप बजेट माग गरेर कामलाई निरन्तरता दिइनेछ,' उनले भने।

आगामी २०७५ जेठ भित्रमा सम्झौता बमोजिमको निर्माण कार्य सक्ने सम्झौता भएको थापाले बताए।

यो चक्रपथ सडक साढें ३६ किलोमिटर लम्बाई र ५० फुट चौडाइको हुनेछ।

के-के काम हुनेछन् ?

ठेकेदार कम्पनीले सडकमा करिब १२ किलोमिटर बाटोको ट्रयाक खोल्ने, १९ वटा कलभर्ड हाल्ने, दमक –८ ताराबारीदेखि उत्तरमा एक हजार ६०० मिटर सडक कालोपत्रे गर्ने, वडा नम्बर १३ मा एक हजार ४०० मिटर सडक कालोपत्रे गर्नेलगायत काम समेत गर्ने दमक चक्रपथ निर्माण उपभोक्ता समितिका अध्यक्ष बोधराज न्यौपानेले जानकारी दिए ।

दमकका ग्रामीण क्षेत्रसँग जोडिने हाल चक्रपथले छुने केही वडाको सडक कालोपत्रे गर्ने चरणमा धमाधम हुदै आएका छन्। कहीँ ट्रयाक खोल्ने, नाला खन्ने र ह्योम पाइप राख्ने काम भइरहेको छ। उपभोक्ता समितिका अनुसार दमक १५ को चन्द्रमा टोल, १८ को राई टोल र १८ र १९ वडामा पर्ने धराने टोलमा बाटोको ट्रयाक खोल्ने, ह्युम पाइप हाल्ने काम भइरहेको हो।  यस्तै वडा नम्बर ८ र १३ मा चक्रपथको केही खण्डमा भने कालोपत्रे गर्ने चरणमा पुगेको ठेकेदार निर्माण व्यवसायी कम्पनी मृत संजीवनी निर्माण सेवा काठमाडौंका प्रतिनिधि सन्तोष कटुवालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.