|
प्रतीकात्मक तस्विर

नेपालगञ्ज : अवैधरूपमा सञ्चालन गरेको भन्दै नेपालगञ्जको एक आयुर्वेद औषधि पसललाई ‘सिलबन्दी’ गरिएको छ। शुक्रबार गरिएको अनुगमनका क्रममा नेपालगञ्ज–१० सुर्खेतरोडमा रहेको अष्टाङ्ग आयुर्वेद पसल सिलबन्दी गरिएको हो। 

दर्ता नगरेर सञ्चालनमा रहेको सो औषधि पसलले प्रतिबन्धित औषधि बिक्री गरेको र भ्रमात्मक प्रचारप्रसार गरेको पर्चा टोलीले फेला पारेको औषधि व्यवस्था कार्यालय, नेपालगञ्जका सुपरभाइजर यादवप्रसाद ढकालले बताए।

अनुगमन टोलीले नेपालगञ्जको चितवन एग्रोभेट, हरिओम मेडिकल, उपकार मेडिकल हल र कुलाइसा मेडिकल हलको पनि अनुगमन गरेको थियो। सो एग्रोभेटले दर्ता नभएको औषधि बिक्री गरेको, म्याद नाघेको औषधि पसलमा राखेको, भेटेरिनरी औषधि पसल भए पनि कृषिको बीउबिजन, तथा कीटनाशकजस्ता विषादी राखेको पाइएकाले विभाागीय कारवाहीका लागि औषधि व्यवस्था कार्यालयमा बोलाइएको सुपरभाइजर ढकालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.