|

विश्वकपमा शनिबार दुई खेल हुँदै छन्। प्रतियोगिताको २० औं खेल लन्डनको केनिंगटन ओभलमा अस्ट्रेलिया र श्रीलंकाबीच हुँदै छ। त्यस्तै, दोस्रो खेल कार्डिफको सोफिया गार्डेन्समा अफगानिस्तान र दक्षिण अफ्रिकाबीच हुनेछ। अंक तालिकामा अस्ट्रेलिया दोस्रो, श्रीलंका पाँचौँ र दक्षिण अफ्रिका नवौं र अफगानिस्तान दशौं नम्बरमा रहेका छन्।

श्रीलंका र अस्ट्रेलिया विश्वकपमा ११ औं पटक मैदानमा आमुन्नेसामुन्ने हुँदै छन्। कंगारु टिमविरुद्ध श्रीलंकाले पछिल्लो जित १९९६ मा विश्वकपको फाइनलमा हात पारेको थियो। पहिलोपटक श्रीलंकाले उपाधि उचाल्दा अस्ट्रेलियालाई पराजित गरेको थियो। त्यसपछिका पाँच खेलमा भने लगतार हार ब्यहोर्न श्रीलंका बाध्य भयो। श्रीलंका २००७ को फाइनलसमेत गुमाउन पुगेको थियो।

त्यसैले पनि श्रीलंका विश्वकपमा  पछिल्लो २४ वर्षयताको निरन्तर हारको यात्रालाई अन्त गर्न मैदानमा उत्रनेछ। यी दुई टिमबीच अहिलेसम्म कुल ९६ खेल भएका छन्। जसमा अस्ट्रेलियाले ६०  खेलमा जित निकाल्दा श्रीलंका ३२ खेलमा जित आत्मासाथ गर्न सफल भयो। ४ खेल नतिजाविहीन भएको छ । विश्वकपमा भने यी दुई टिमबीच १० पटक प्रतिष्पर्धा भएको छ। जसमा अस्ट्रेलियाले ७ पटक जित निकाल्दा २ पटक श्रीलंका विजयी भएको छ। १ खेल नतिजाविहीन भएको छ।

शनिबार पनि उच्च फर्ममा रहेको अस्ट्रेलियालाई हराउनु श्रीलंकाका लागि लट्री पर्नु बराबर मानिएको छ। श्रीलंकाका लागि यो खेलमा जित अत्यावश्यक रहेको छ। श्रीलंका दुई खेल वर्षाका कारण गुमाउन पुग्दा एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ। 

त्यसैले पनि सेमिफाइनलको आसलाई कायम राख्न उसले अस्ट्रेलियालाई पराजित गर्नु पर्नेछ। तर, अस्ट्रेलिया भने भारतसँगमात्र पराजित भएको छ। 
शनिबार ओवल मैदानमा बर्षाको सम्‍भावना छ। यद्धपि दिउँसोमा मौसम सफा हुने आँकलन गरिएकाले खेल हुने संभावना बलियो छ। यस्तोमा टस जित्ने टिमले पहिले बलिङ गर्नु फाइदाजनक हुन्छ। यो पिचमा तिब्र बलरलाई फाइदा पुग्ने संभावना छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.