|

डडेल्धुरा : चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा सदरमुकाममा प्रदर्शन गरेका छन्।

अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा ‘ब्लिडिङ’ नरोकिएपछि शुक्रबार मृत्यु भएको थियो।

शनिबार मृतकका आफन्तले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन गरेका छन्। जिल्ला सदरमुकामको तुनाडाँडा चोक हुँदै जिल्ला प्रशानस कार्यालय खलंगामा महिलाहरुले प्रदर्शन गरेका हुन्।

यातायात बन्द

दोषी चिकित्सकलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले सडकमा टायर बालेर यातायात पूर्णरुपमा ठप्प पारेका छन्। डडेल्धुरा अस्पतालनजिकै रहेको तुफानडाँडा चोकमा उनीहरुले सडकमा टायर बालेर यातायात पूर्णरुपमा ठप्प पारेका हुन्।

‘मान्छे मार्न पाइँदैन’ भन्दै उनीहरुले टायर बालेर सडक अवरुद्ध पारेका हुन्। सडक अवरुद्ध हुँदा डडेल्धुरा भएर बैतडी, बझाङ, दार्चुलाका साथै पहाडबाट तराइ जाने सवारीसाधन पनि रोकिएका छन्। आन्दोलनका कारण यात्रुहरू मारमा परेका छन्।

घटना के हो?

शल्यक्रिया गरेर १४ दिन अगाडि बच्चा पाएकी उनी ९ दिन वेडभर्ना भएको बुझिएको छ। लगातार ‘ब्लिडिङ’ भएपछि शुक्रबार डडेल्धुरा अस्पताल पुगेकी उनलाई अस्पतालले ८ पिन्ट रगत दिए पनि बचाउन नसकेको एक स्वाथ्यकर्मीले बताए। उनका अनुसार अवस्था गम्भीर भएपछि ८ पिन्ट रगत दिएर रिफर गर्ने हेलिकोप्टरको समेत अस्पतालले व्यवस्था गरिएको थियो। शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

चिकित्सकले लापरबाही गर्दा सुत्केरीले मृत्यु भएको पीडित पक्षको आरोप छ। उनीहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।

यता, अस्पताल प्रशासनले भने चिकित्सकको लापरबाही वा के कारण मृत्यु भएको भन्नेबारे केही बोल्नेको छैन। शुक्रबार साँझ आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा गर्दा अस्पतालमा आंशिक क्षति भएको छ।

शुक्रबार प्रहरी र पीडित पक्षबीच केहीबेर झडप समेत भएको थियो। उनीहरुले बिरामीको अवस्था गम्भीर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र चिकित्सकहरुले रेफर गर्न नमान्नु कारण अपरेशनमा नै त्रुटि रहेको आफन्तले आंशका व्यक्त गरेका छन्।

उता, जिल्ला प्रहरी कार्यालयले दुवै पक्षबीच सहमति भएको जानकारी दिएको छ। घटनाको अनुसन्धान गरी छानविन गर्नका लागि माथि स्वास्थ्य मन्त्रालयमा लेखेर पठाउँछौँ’ प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले भने, ‘यदि डाक्टर दोषी देखिएमा कारबाही गर्ने र पीडित पक्षलाई राहतको लागि प्रदेशमा लेखेर पठाउने सहमति भएको छ।’

त्यस्तै अमरगढी नगरपालिकाले कार्यपालिकामा राहतको लागि छलफल गर्ने समेत सहमति भएको उनले बताए। तर, आफन्तहरुले आन्दोलन जारी राखेका छन्। तत्काल दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने उनीहरुको माग छ।

व्यापक प्रहरी परिचालन

जिल्ला सदरमुकाममा बाक्लोमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी ठाउँठाउँमा खटाइएको छ।

यो पनि पढ्नुस् :

सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा तनाव 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.