|

काठमाडौं : साना तथा मझौला व्यवसायीहरूका लागि कर तथा लेखा प्रणाली सम्बन्धमा प्रशिक्षण दिइएको छ।

कर नीति, व्यवसाय दर्ता तथा लेखा व्यवस्थापन र व्यवसायजन्य प्रशासनिक समस्या लगायत विषयमा व्यवसायीलाई प्रशिक्षण दिइएको हो। व्यवसाय र नीतिगत विषयमा सधैँ ठूला व्यवसायी मात्रै केन्द्रविन्दुमा रहिरने र साना व्यवसायीको समस्या तथा व्यवसायजन्य प्रशासनिक जटिलताको विषय ओझेलमा पर्ने गरेको गुनासो व्यवसायीबाट नै भइरहेका बेला साना तथा मझौला व्यवसायीका लागि कर प्रशिक्षण दिइएको हो।

फेडेरेसन अफ नेप्लिज स्टार्ट अब्स एण्ड एसएमइज (फोन्सास)ले सनिबार आयोजना गरेको कार्यक्रममा नेपालको कर प्रणालीको साथै व्यवसायजन्य कर लगायत प्रशासनिक प्रक्रियाका बारेमा प्रशिक्षण गरिएको फोन्सासका महासचिव मिलन पन्तले बताए।

कार्यक्रममा कर प्रणाली र प्रक्रिया तथा प्रशासनिक प्रक्रियाका बारेमा कर विज्ञ उमेश राज पाण्डेयले प्रशिक्षण दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.