|

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका गाउँकार्यपालिकाले नयाँ अभ्यासको सुरुवात गर्दै नीति, कार्यक्रम तथा बजेटमाथि सुझाव संकलन गरिरहेको छ।गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि निर्मााण हुन लागेको नीति, कार्यक्रम तथा बजेटमाथि जिल्लास्तरीय सुझाव संकलन गरेको हो।

शुक्रबार जिल्ला तथा प्रदेशका कार्यालयका प्रमुखहरूसँग विषयगत रुपमा सुझाव संकलन गरेको गाउँपालिकाले शनिबार डडेल्धुरास्थित अजयमेरु समाज डडेल्धुरा, उद्योगी, व्यावसायी तथा संचारकर्मीसँग सुझाव संकलन गरेको छ। 

कार्यक्रमका सहभागीहरूले गाउँपालिकालाई सुझाव दिँदै भटमास खेतीलाई नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने बताएका थिए। उनीहरूले साथै अजयमेरु गाउँपालिका पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेकाले सडकको स्तरोन्नति गर्नमा बजेट खर्च गर्न सुझाएका छन्।

व्यवसायिक कृषिमा जोड दिने गरी नीति, कार्यक्रम तथा बजेट ल्याउन गाउँपालिकालाई सुझाव आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले कार्यक्रममा प्राप्त सुझावलाई आत्मासात गर्दै नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले ‘जनप्रतिनिधि’ भनेका जनताका ‘चौकीदार’ भएको समेत बताए। आफूहरू सधैं जनताको सेवामा लागिरहने समेत उनको बताए।

‘जनप्रतिनिधि’ भनेका जनताका ‘चौकीदार’ हुन्। शासक होइनन्’ उनले भने, ‘हामी समृद्ध अजयमेरु बनाउने लक्ष्यका साथ अगाडि बढेका छौं।’ उनले जनप्रतिनिधि भएर आइसकेपछि त्यस ठाउँको विकासमा आफूहरू अनवरतरुपमा लागिरहेको समेत दाबी गरे। साथै उनले गाउँपालिकामा रहेको खानेपानी समस्या समाधानका लागि पहलहरू भइरहेको बताए। गाउँपालिकालाई जो कसैले पनि सुझाव दिन सक्ने बताउँदै अध्यक्ष भट्टले पत्र, इमेल, फोन, प्रत्यक्ष भेट गरेर दिन सुझाव सदन पनि आग्रह गरे।

स्थानीय स्तरबाट सडक नै पहिलो प्राथमिकतामा आउने भएकाले अब यसलाई कम गर्दै खनिएका सडकमा ग्राभेल गर्ने योजना रहेको बताए। यो वर्षदेखि पाँचवटै वडा वडामा पुग्ने मुख्य एक सडकमा ग्राइभेल गरिने र आफ्नो कार्यकालसम्ममा कालो पत्रे गर्ने योजना रहेको उनले सुनाए। भटमास जोनमा अजयमेरु गाउँपालिका परेकाले कृषकलाई भटमासको व्यवसायिक खेती गर्न प्रेरित गर्ने उनले बताए।

गाउँपालिकाभित्र एकीकृत बस्ती बनाउनले यसअघि घोषणा गरिसकेकाले यसको काम पनि अघि बढ्ने उनले जानकारी दिए। गाउँपालिकाले यस अघि गाउँपालिकाका ६ वटै वडाका टोल-टोलमा सुझाव संकलन गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.