|

चितवन : जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर पाँचौ चितवन च्याम्पियनसिप फुटबलनको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको पहिलो क्वार्टरफाइनलमा डिफेण्डिङ च्याम्पियन फोर ब्रदर्श गैँडाकोटलाई १ शून्यले पराजित गर्दै प्रहरी सेमिफाइनलमा प्रवेश गरेको हो।

निक्कै प्रतिस्पर्धात्मक खेलमा प्रहरीका रामचन्द्र वाजीले दोस्रो हाफको १८ औँ मिनेटमा एक गोल गरेका थिए। सोही गोल नै निर्णायक बन्यो र डिफेण्डिङ च्याम्पियन गैँडाकोट यसपल्ट क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

खेलको म्यान अफ दि म्याच गोलकर्ता वाजी नै बने। उनले सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। यस्तै हरेक दिन दर्शकहरूमध्येबाट एक जनालाई गोलाप्रथा गरी दिइँदै आएको मोवाइल उपहार टिकेट २६७६ नम्बर खरिदकर्ताले पाएका छन्।

यस्तै, आइतबार दोस्रो क्वार्टरफाइनलमा नारायणगढ फुटबल क्लब र जु फुटबल क्लब जुगेडी भिड्ने आयोजक एभ्रेष्ट क्लब भरतपुरका सचिव विकास कोइरालालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.