|

दाङ : तुलसीपुर उपमहानगरपालिका १३ का अध्यक्ष डम्वरबहादुर न्यौपानेले नगरप्रमुखको आश्वासन पुरा नभएको आरोप लगाए। तुलसीपुरमा शनिबार पत्रकार सम्मेलनमा वडा अध्यक्ष न्यौपानेले गौरवको योजना शीर्षकमा रातो कितावमा समेत समावेश गरिएको राप्ती राजमार्गदेखि नालीवोट सम्मको सडक कालोपत्रे तथा स्तर उन्नतिको काम नभएको बताए।

यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने प्राथमिकतामा परेको उक्त गौरवको योजनामा समावेश गरिएको सडक आर्थिक वर्ष समापन हुने दिन नजिँकिदै जाँदासम्म शुरु नभएको र यससम्बन्धी नगरप्रमुख घनश्याम पाण्डेलाई जानकारी गराउँदा वेवास्ता गरेको उनले आरोप लगाए। यता तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन।

वडा नम्बर १३ का वडाध्यक्ष न्यौपानेले आफ्नो वडामा परेको गौरवको योजनामा टेन्डर नै नखोलेको आरोपबारे उनले खण्डन गरे उपमहानगरपालिकाले उपभोक्ता समिति गठनका लागि पटक पटक ताकेता गर्दा पनि वास्ता नगरेर सम्झौता मिति सकेपछि वडाबासीका विचमा भ्रम छर्न न्यौपानेले त्यसो गरेको उनको आरोप छ। समयमै सम्झौता गरिसक्नु पर्ने भए पनि त्यसो नगरी आफ्नो गल्ती ढाकछोप गर्नका लागि कपोलकल्पित आरोप लगाइएको नगर प्रमुख पाण्डेले बताए।

 पाण्डेले जुन वडाको विकास गरेपनि नगरकै विकास हुने हो यसमा मैले कुनै राजनीतिक रुपमा हेर्नुपर्ने कुरै नभएकाे बताए। असारे विकास रोक्न जेठ १५ सम्म मात्रै योजना सम्झौता गर्ने उपमहानगरपालिकाको नीति अनुसार बैठकमा ताकेता गर्दा वडाध्यक्षले कुनै मतलव नगरेको उनको भनाई छ।

वडाले समयमै प्रक्रिया अगाडि नबढाए पनि अर्को वर्ष काम गर्ने गरी उपभोक्ता समिति गठनका लागि प्रक्रिया अगाडि बढाउने सहमति वडाध्यक्षसँग भइसकेको अवस्था एकाएक पत्रकार सम्मेलन गरेर आरोप लगाउनु राजनीतिक प्रतिशोध भएको पनि नगर प्रमुख पाण्डेले बताए। असारे विकासका नाममा भ्रष्टाचार मौलाएको र विकास पनि प्रभावकारी नहुने उाको भनाई छ।

राप्ती राजमार्गदेखि पनालीबोटसम्म सडक कालोपत्रे तथा स्तरोन्नतिको लागि ३५ लाख बजेट छुट्याइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.