|

क्रोध यमराज हो। तृष्णा वैतरणी नदी। विद्या कामधेनु। सन्तोष नन्दन वन (स्वर्गको बगैँचा हो।

यदि मुक्ति चाहनुहुन्छ भने  काम, क्रोध, लोभ र मोहजस्ता विषयलाई विषझैँ छाडिदिनुस्। सहनशीलता, सरलता, दया, पवित्रता र सच्चाइलाई अमृतजस्तै पिउनुस्।

दृष्टिले जाँचेर गोडा चाल्नुपर्छ। छानेर शुद्ध जल मात्र पिउनुपर्छ। मनले राम्रोसँग सोचे मात्र काम गर्नुपर्छ। शास्त्रद्वारा निर्देशित शुद्ध वाक्य बोल्नुपर्छ।

अर्काकी पत्नीलाई आमासमान, अर्काको धनलाई माटोसमान र सबै प्राणीलाई आफूसमान जसले देख्छ, त्यसले नै सबै थोक देख्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.