|

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो जित हात पारेको छ। अफगानिस्तानविरुद्ध अनुभवी बलर इमरान ताहिरले चार विकेट तथा विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी ककको अर्धशतकीय इनिङमा दक्षिण अफ्रिकाले पहिलो पटक जित हात पारेको हो।

अफगानिस्तानविरुद्ध पूर्ण रूपमा हाबी हुँदै दक्षिण अफ्रिकाले नौ विकेटको जित निकाल्न सफल भएको थियो । कार्डिफस्थित सोफिया गार्डेन्समा टस हारेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले ३४.१ ओभरमा सबै विकेट गुमाएर १२५ रनमात्र बनाएको थियो। यद्यपि अफगानिस्तानको ब्याटिङका क्रममा वर्षा भएपछि केही समय खेल रोकिएको थियो। त्यसपछि खेल ४८ ओभरमा छोट्याएर अघि बढाइएको थियो।

तर अफगानिस्तानले पूरै ओभर खेल्न असफल भयो। जवाफमा डी ककले ६८ रन बनाउँदै १२६ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले २८.४ ओभरमा १ विकेट गुमाएर नै पूरा गर्न सफल भयो।

ताहिरले ७ ओभरमा २९ रन दिएर ४ विकेट लिए। ताहिरलाई क्रिस वक्सले ३ विकेट लिएर साथ दिएपछि अफगानिस्तानका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। अफगानिस्तानका रशिद खानले सर्वाधिक ३५ रन बनाए। नुर अलि जद्रानले ३२ तथा हज्रतुल्लाह जाजईले २२ रन बनाउनुबाहेक अन्य कुनै खेलाडीले दोहरो रनको स्कोर तयार गर्न सकेनन्।

दक्षिण अफ्रिकाका ओपनर डी ककले पहिलो विकेटका लागि हसिम अमलासँग १०४ रनको साझेदारी गरे। डी कक ७२ बलमा ६८ रन बनाएर आउट हुँदा अमला ४१ र फेलुकवायो १७ रनमा अविजित रहँदै फर्किएका थिए। जारी प्रतियोगितामा दक्षिाण अफ्रिका र अफागानिस्तानलाई कमजोर मानिएको छ। अफगानिस्तानले प्रतियोगितामा जित निकाल्न सकेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.