|

विश्वकप क्रिकेटको २२ औँ खेलमा भारत र पाकिस्तान भिड्दै छन्। म्यानचेस्टरको वल्डट्राफोर्डमा यी दुई टिम २० वर्षपछि आमुन्ने सामुन्ने हुँदै छन्। पछिल्लो पटक म्यानचेस्टरमा भएको खेलमा भारतले ४७ रनले खेल जितको थियो। इंग्ल्यान्डमा भने यि दुई टिमबिच दुई वर्षपछि प्रतिष्पर्धा हुन लागेको हो।

पछिल्लोपटक च्याम्पियन ट्रफिका दौरान पाकिस्तानले भारतलाई १८० रनले पराजित गर्दे उपाधि जितेको थियो। पाकिस्तानविरुद्ध विश्वकपमा कप्तानी गर्ने कोहली चौंथो कप्तान समेत हुन्। यसअघि मोहम्मद अजरुदीन, सौरब गांगुली र महेन्द्रसिंह धोनीले विश्वकपमा टिमलाई समालेका थिए।

वर्षाको संभावना ६३ प्रतिशत

भारत पाकबिचको खेलमा वर्षाको संभावना ६३ प्रतिशत रहेको छ। म्यानचेस्टरमा पहिलो खेल खेल्न लागिएको हो। यसअघि विश्वकपकका १९ मध्ये चार खेल वर्षाले रद्ध भएका थिए। वर्षा हुँदै रोकिंदै गर्ने संभावना बढी छ जसले खेल प्रभावित हुन सक्ने आँकलन गरिएको छ। यसअघि १३ जुनका लागि तय भएको भारत न्युजिल्यान्ड बिचको खेलपनि वर्षाले रद्ध भएको थियो। स्थानिय समय अनुसार १० बजे (२.४५) मा टस हुने कार्यक्रम छ। उक्त समयमा वर्षाको संभावना ४३ प्रतिशत रहेको छ। त्यस्तै खेल हुने समय ३.१५ बजेपनि वर्षाको सम्भावना ४७ प्रतिशत सम्म रहेको एक्युवेदरडटकमले जनाएको छ।

खेल रद्द भए १४० करोड घाटा

खेल रद्द भएमा स्पोन्सर (स्टार स्पोर्टर्स) लाई यो एक खेलबाटै करिब १ सय ४० करोड भारतीय रुपैंया नोक्सान हुन सक्ने छ। अहिलेसम्म वर्षाले चार खेल रद्द भएकाले डर भने कायम छ। अघिल्ला चार खेलमा स्टारलाई १०० करोड नोक्सान भइसकेको छ। यद्यपी खेलका दौरान विज्ञापनको रेट १० सेकेन्डको १.६ लाख देखी १.८ लाख भारतीय रुपैंया बराबर रहेको छ। तर भारत पाकिस्तानको खेलमा यो रकम २.५ लाख सम्म पुग्न सक्छ।

स्पोन्सरहरुको कुल रकमको ५० प्रतिशत यहि खेलमा

यो खेलका लागि विज्ञापन स्लट एडभान्समा बुक गरिएको थियो। धेरै स्पोन्सरहरुले विज्ञापनको कुल हिस्साको ५० प्रतिशत रकम यहि खेलमा लगाएका छन्। स्टार स्पोर्टसले खेलका दौरान देखाउने विज्ञापनका लागि ५५०० सेकेन्डको स्लट बनाएको छ। यो हिसाबले स्टारले १ सय ४० करोड सम्म कमाउने आशा गरेको छ।

हेड टु हेड

दुई टिमबीच अहिलेसम्म कुल १३१ खेल भएका छन्। जसमा भारतीय टिमले ५४ खेलमा जित निकाल्दा पाकिस्तानले ७३ खेलमा जित निकालेको छ । चार खेल नतिजाविहिन रहेका छन्। तर विश्वकपमा भने यि दुई टिमबिच ७ औं पटक प्रतिष्पर्धा हूँदै छ। यसअघिका ६ भिडन्तमा सबै ६ मा भारत विजयी भएको छ।

पिचको अवस्था

यो मैद्यानमा खेलिएका पछिल्ला पाँच लिस्ट ए खेलमा औसत २६० रनको स्कोर बनेको छ। टस जित्ने टिमले यो मैदानमा बलिङ गर्दा बढी फाइदा हुने छ। यो मैदानमा ४५  खेल मध्ये  १८ एकदिवसीय खेलमा पहिले ब्याटिङ गर्ने टिमले जित निकालेको छ। २०१५ पछि यो मैदानमा पहिलो ब्याटिङ गर्ने टिमको औसत स्कोर २१२ रन रहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.