|
फाइल फोटो

सोलुखुम्बु : अज्ञात समूहले गरेको आगजनीबाट सोलुखोला हाइड्रोपावर प्रोजेक्टले प्रयोग गर्दै आएको स्काभेटरमा आंशिक क्षति भएको छ।  सोलु दूधकुण्ड नगरपालिका-११ तिङ्लामा ८२ मेगावाटको निर्माणाधीन सोलु खोला दूधकोशी हाइड्रोपावर प्रोजेक्टको स्काभेटरमा शनिबार राति आगजनी भएको थियो।

स्काभेटर आगजनी गरेको घटनास्थलको १५ मिटर नजिकै प्रेसर कुकर बम फेला परेको र बम डिस्पोजका लागि इटहरीबाट नेपाली सेनाको टोली आउँदै गरेको घटनास्थलबाट प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए।

प्रहरी निरीक्षक कार्कीका अनुसार आगजनी गरिएको स्काभेटर कोबेल कम्पनीको  रहेको र नम्बर भने खुल्न बाँकी रहेको बताइएको छ। आगलागी कसले गराएको हो र प्रेसर कुकुर बम कसले राखेको हो भन्नेबारे केही खुलिनसकेको पनि प्रहरी निरीक्षक कार्कीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.