|

काठमाडौं : साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्। गत जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फिर्ता भएका हुन् ।

उनी स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए। भ्रमणका क्रममा उनले स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरेका छन्।  शनिबार जेनेभामा नेपालका राजदूतलगायत अन्य उच्च पदाधिकारीहरूसँग अनौपचारिक छलफल गरेका थिए। यसअघि प्रधानमन्त्री ओलीले २७ गते जेनेभामा आयोजित अन्तराष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहलाई सम्बोधन गरेका थिए।
बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका थिए। 

प्रधानमन्त्री ओलीले विमानस्थलकाे विशिष्ट कक्षमा सञ्चारकर्मीहरूलाई आफ्नो भ्रमणबारे पत्रकार सम्मेलन गरेर जानकारी पनि गराएका थिए। 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.