|

काठमाडौं : प्रदेश–२ सरकारले छात्रालाई १४ हजार साइकल वितरण गर्ने तयारी गरेको छ। मुख्यमन्त्री लालबालु राउतले छोरीहरूको पढाईलाई प्रोत्साहन मिल्न सकोस् भन्ने उद्देश्यका साथ प्रदेशका छात्रालाई ‘बेटी पढाऊ,बेटी बचाऊ’ अभियानअन्तर्गत साइकल वितरण गर्न लागेका हुन्।

यस अभियानअन्तर्गत प्रदेशका आठवटै जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई वितरण गर्नका लागि साइकलको व्यवस्था गरिएको छ।

सामुदायिक विद्यालयअन्तर्गत कक्षा ८ देखि १० कक्षासम्मका छात्रालाई पहिलो चरणमा साइकल वितरण गरिनेछ भने दोस्रो चरणमा कक्षा १२ सम्मका छात्रालाई साइकल वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.