कपिलवस्तु : जिल्लाको वाणगंगा नगरपालिका–४ जीतपुरस्थित एक होटलमा युवकको शव फेला परेको छ। सिजन्स होटलको कोठा नम्बर १०७ मा बुटवल कालिकानगरका २९ वर्षीया सन्तोष क्षेत्रीको शव आइतबार बिहान फेला परेको हो।
जेठ ३१ गतेदेखि मृतक क्षेत्रीसहित उनका एकजना साथी होटेलमै बस्दै आएका थिए। आइतबार बिहान मात्रै कोठा सरसफाई गर्ने क्रममा अर्धनग्न अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ।
उनीसँगै होटेलमा बसेका बाणगंगा नगरपालिका-३ झुंगा बस्ने ३६ वर्षीय धुर्वराज पाण्डेलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।