|

विश्वकप क्रिक्रेट २०१९ मा भारत र पाकिस्तानबीच खेल चलिरहेको छ। यो खेलका क्रममा वर्षा हुने सम्भावनाका बीच उत्साह आफ्नो चरममा छ।

यो खेललाई लिएर सामाजिक सञ्चलामा पनि लगारत ट्विट भइरहेका छन्। सामाजिक सञ्जाल युजरहरू #IndVsPak, #IndvPak र #IndiaVsPakistan जस्ता ह्यास्ट्याग प्रयोग गरेका छन्।

क्रिकेटका प्रशंसकलगायत सीमाका दुवै पट्टीका क्रिकेट हस्तीले पनि ट्विट गरिरहेका छन्। दुवै देशका लागि यो खेल कति महत्वपूर्ण छ भन्ने विषयलाई यसरी पनि हेर्न सकिन्छ कि, पाकिस्तानी प्रधानमन्त्री एवं पूर्वकप्तान इमारान खानले खेलपूर्व नै वर्तमान कप्तान सरफराजलाई केही सुझाव दिएका छन्।

पाकिस्तानी टिमले सन् १९९२ मा इमारान खानको कप्तानीमा वर्ल्डकप जितेको थियो।

अहिलेसम्म इमरान खानले पाँचवटा ट्विट गरेका छन्। उनले आफ्नो ट्विटमा लेखेका छन्, 'जब मैले आफ्नो क्रिकेट करियर सुरु गरेको थिए, त्यतिबेला लाग्थ्यो कि ७० प्रतिशत प्रतिभा र ३० प्रतिशत दिमागको प्रयोगबाट सफलता मिल्छ। जब मैले क्रिकेटबाट सन्न्यास लिएँ त्यतिबेला लाग्यो यो अनुपात ५०/५० को हो। तर अब म मेरा मित्र गावस्करसँग सहमत छु। दिमागको भूमिका बढेर ६० प्रतिशत पुग्यो जबकि प्रतिभाको प्रयोगको भूमिका ४० प्रतिशत मात्रै।'

दोस्रो  ट्विटमा उनले लेखेका छन्,'आजको म्याचको तीव्रता हेर्दा दुवै टिम अत्यान्त तनावमा रहेको छ र आज दिमागको तागत नै म्याजको परिणाम तय गर्ने छ। हामी भाग्यमानी छौँ किनकि हामीसँग सर्फराज जस्ता बोल्ड कप्तान छन् र आज उनले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने छन्।'

उनले तेस्रो ट्विटमा भनेका छन्, 'दिमागबाट हार्ने सबै आशंका निकल्नु पर्छ किनकि दिमागले एक समय एउटामात्रै विचार प्रोसेस गर्न सक्छ। हार्ने डरले तपाईंलाई नकारात्मक र रक्षात्मक रणनीति बनाने तिर लान्छ। यसकारण तपाईं विपक्षी टिमको गल्तीहरूमा आक्रमण गर्नु सक्नुहुन्न।'

उनले अगाडिको ट्विटमा कप्तान सरफराजलाई विशेष टिप्स दिएका छन्। उनले ट्विटमा भनेका छन्, 'जीतको आक्रामक रणनीतिका लागि सरफराजले विशेषज्ञ ब्याट्सम्यान र बलरसँग म्याचमा उत्रिनु पर्छ। किनकि हरेक चिज गर्न व्यक्तिले दबाबवाला म्याचमा पनि राम्रो प्रदर्शन गर्न सक्छन्। यदि पिच गिलो छैन भने टस जितेर पहिला निश्चितरूपमा ब्याटिङ रोज्नु पर्छ।'

उनले अन्त्यमा लेखेका छन्, 'भारतीय टिम फेवरेट भए पनि पकिस्तानी टिमले आफ्नो मनबाट आफू हार्ने डर निकालेर फाल्नु पर्छ। तपाईंहरू दुवैले आफ्नो वेस्ट दिने प्रयास गर्नुहोस् र अन्तिमसम्म लड्नुहोस्। नतिजा जाहे जे होस् उच्चखेल भावनाले स्वीकार गर्नुहोस्।'

र अन्त्यमा इमरान खानको सुझाव मनन गर्दै, म्यान्चेस्टको वर्षाको सम्भावना र पिचको अवस्था हेरेर सरफराजले यो प्रतिस्पर्धामा टस जितेर ब्याटिङ रोजेका छन्। बिबिसी हिन्दी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.