|

दमक (झापा) : धिमाल समुदायको मुख्य पर्व जात्रीको समापनको अवसरमा पूर्वका विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्।

पहिलो नगरसभाबाटनै धिमाल जातिलाई पहिलो नागरिक घोषणा गरेको दमक नगरपालिकाले असार २ गते स्थानीय बिदा दिएको हो। कार्यवाहक नगरप्रमुख बोधराज न्यौपानेले एक सूचना जारी गरि जात्रीको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएका हुन्। यस्तै उर्लाबारी नगरपालिकाले पनि जात्री पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ।

यस्तै धिमाल जातिलाई पहिलो नागरिक घोषणा गरेको पथरी शनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकाले पनि जात्रीको अवसरमा सार्वजनिक बिदा दिएका छन्। धिमाल जातीय विकास केन्द्रले जात्री पर्वको समापनको दिन बिदा दिन माग गर्दै झापा र मोरङका विभिन्न स्थानीय तहमा ज्ञापन पत्र बुझाएको थियो। केन्द्रका महासचिव केदार धिमालका अनुसार बेलबारी नगरपालिकाले पनि जात्री समापनलाई स्थानीय पर्व मान्दै सार्वजनिक बिदा दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.