|

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंद्वारा संचालित पाकेटमारी विरूद्धको विशेष अभियानका क्रममा सवारी साधनमा पाकेटमारी र चोरी गर्ने  ७८ जना पुरुष र ४ जना महिला गरी जम्मा ८२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

२०७६ जेठ १ गतेदेखि ३२ गतेसम्म यातायात व्यवसायीसँग सहकार्य गरी संचालन गरिएको उक्त अभियानको क्रममा परिसरबाट खटिएका सादा पोशकका प्रहरी टोलीले विभिन्न स्थानमा संचालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको साथबाट पकेट तथा झोलामा रहेका नगद, मोवाइल र गहना चोर्दाचोर्दे र पाकेट मार्दै गरेको अवस्थामा चोरलाई पक्राउ गरिएको हो।

उनीहरूले सार्वजानिक बसमा विभिन्न बस पकेटबाट २ र २ जनाको दरले ६ जना सम्मको ग्रुप बनाई बसभित्र छिर्ने र एक अर्कामा सांकेतिक भाषा प्रयोग गरी पैसा भएको यात्रु पत्ता लगाई अगाडि पछाडिबाट घेरावन्दी र पारी ठेलमठेलको अवस्था बनाई मौका छोपी मोबाइल, नगद र सुनचाँदीका गरगहना पकेटमारी गरी पालै पालो गरी बसबाट ओर्लिई भाग्ने गरेको खुल्न आएको छ।

पकेटमारी गर्नेको साथबाट बरामद गरिएको विभिन्न व्यक्तिहरूको करिब ६ लाख रकम तत्काल सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको उक्त परिसरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.